Sunday, February 22, 2009

Nepal Vs Ethiopia

Gata barsa college ko seminar ma maile ethiopia ko ek jana doctor bhetein त्यो नेपालमा संविधान सभाको चुनावपछिको समय थियो। उनी नेपालका समाचार हेर्दै थिए। उसलाई नेपालको बारेमा सबै थाहा थियो। उसले मलाई नेपालको स्थिति इथियोपियाको जस्तै रहेको बतायो।

इथियोपियामा पनि एउटा राजा रहेछ। कम्युनिस्ट र अरु पार्टी मिलेर राजालाई हटाएछन् र चुनाव भएछ। कम्युनिस्ट पार्टीले चुनाव जितेछ र शासनसत्ता सम्हालेछ। तर उनीहरुले सत्ता सम्हालेको धेरै हुन नपाउँदै सीआईएले कम्युनिस्ट सरकारलाई चुनौति दिन नयाँ विद्रोही समूह गठन गर्न सहयोग गरेछन्। त्यसपछि त्यहाँ अरु विद्रोही समूहहरु पनि जन्मिएछन् र अन्ततः देश डरलाग्दो गृहयुद्धमा जाकिएछ। जुनै पार्टीले पनि साना हतियार र बन्दूकको प्रयोग गरी सर्वसाधारणलाई आतंकित बनाएछन्।

अधिकांश समूहहरु अहिले हाम्रो तराईमा भएका जस्तै लुटेराहरु थिए।

उनीहरुले सर्वसाधारण, व्यापारी, नेता, जोकोहीलाई पनि पैसा र शक्तिका लागि मार्न थाले।

तराईका घटनाहरु अनि राजधानीमा हिजो भएको गोलीकाण्डको खबर सुनेपछि आज फेरि झल्याँस्स उसलाई सम्झेँ, अनि मेरो देशलाई पनि।

तर,

अहँ म मेरो देशलाई इथियोपिया जस्तो बनेको कल्पना गर्न सक्दिनँ, तपाईँ नि ?

आउनुस्, कामना गरौँ हाम्रो देशमा सुख र शान्तिको।

No comments:

Post a Comment