Friday, November 13, 2009

नेपालको उदय सम्भव छ ?


शीर्षक पढ्दा अचम्म लाग्नुका साथै रिस पनि उठ्न सक्छ । 'नेपाल कहिले अस्ताएको थियो र उदय हुन्छ भन्ने प्रश्न गरेको' भन्ने स्वाभाविक भाव आउन सक्छ । हो, नेपाल अस्ताएको छैन । कहिल्यै पराधीन नभएको मुलुकलाई अहिले आएर अस्ताएको भन्न कदापि मिल्दैन । तर नेपालीहरूकै किंकर्तव्यविमुढताले विश्व मानचित्रमा नेपाल ओझेलमा पर्दै गइरहेको छ ।

देशको यो अवस्थाको बारेमा लेख्दै गर्दा मुलुकको बारेमा चर्चा हुँदा अधिकांश मित्रहरूको रेडिमेड कथन याद आइरहेको छ । धेरैजसो युवा जमातमा देशको बारेमा कुरा गर्‍यो कि 'बडो देशभक्त भइखाको' भन्ने टिप्पणी गर्छन् । देशको गरिबीसँग आम जनमानसमा पनि गरिब भावले बास गर्दैछ । जुन स्वाभाविक पनि हो । जुन देशले गाँस, बास र कपासको सुनिश्चितता गर्न सक्दैन, त्यहाँ यस्ता भाव बगे्रल्ती आउँछन् र आइरहन्छन् ।

तर यो अवस्था किन आयो ? कसैले सोच्ने जमर्को गरेको छैन । युरोप, अमेरिका अहिलेको जस्तो सम्पन्न बन्न २ सय वर्षको औद्योगीकरणको इतिहास छ । त्यहाँका वासिन्दाले विकल्प नखोजी आफ्नै माटोमा सम्भावना खोजेको गर्विलो पहिचान पनि छ । आफ्नो मुलुकलाई एकैछिन बिर्सेर पछि देशको भावले तानेर प्रगतिपथमा हिँडिरहेको भारत र चीनको उदाहरण हामीभन्दा टाढा छ्रैन । देश कहिले पनि आफैं बन्दैन । प्रगति गर्ने हो भने प्रगतिपथको पहिचान हुनुपर्छ । जुन हामीकहाँ हुनसकेको छैन ।

सरकार र नागरिक दुवै गैरजिम्मेवार भएको मुलुक बन्दैछ, हाम्रो देश । राजनीतिक दलहरू आफूलाई धर्म र नेताहरू आफूलाई भगवान ठान्दैछन् यहाँ । राजतन्त्र हटे पनि दलहरूका दास बन्दै गइरहेका छौं हामी । लोकतन्त्रमा पेसा व्यवसाय गर्ने, धर्मकर्म गर्ने, घुमफिर गर्ने, सम्पत्ति भोगचलन गर्ने, बोल्न पाउने र सूचना लिन पाउने आमनागरिकको अधिकार हुन्छ ।

तर यी सबै अधिकार दलहरूले आफ्नो मुठीमा कैद गरेका छन् । पशुपतिको दर्शन गर्न जाउँ कि नजाउँ भनेर आमनागरिकले दुईपल्ट सोच्नुपर्ने अवस्था छ । गइयो र दलका कार्यकर्ताको ढुंगामुढामा परियो भने ज्यान पनि जान सक्छ । यसले धर्मकर्म गर्नर्े अधिकार छिनेको छ ।

सार्वजनिक सवारी साधन कुन बेला कहाँ रोकिन्छ र आगलागी हुन्छ, यो सबै राजनीतिक दलहरूमा निहित अधिकार बनेको छ । जसले घुमफिरको अधिकार छिनिएको छ ।

उद्योगमा काम गर्ने कर्मचारीलाई जबर्जस्ती आन्दोलनमा बोलाइन्छ । कलकारखाना जबर्जस्ती बन्द गरिन्छ । यातायात ठप्प पारिन्छ । यसले पेसा व्यवसाय गर्न पाउने अधिकार हनन भएको देखाउँछ । यो वा त्यो दलको कुरा होइन यो । जसले सत्ता पाएन, उसले यसरी गोर्खे लौरो तयार पारिहाल्छ । अनि जनताको ठेक्का मेरैमात्रै हो जस्तो गर्न थाल्छ ।

सरकारमा बस्ने त अब भगवानै भइहाल्यो । सबैले उसको पूजा गर्नैपर्‍यो । भेटी बढी चढाउनेले दर्शन पनि पाउँछ र वरदान पनि पाउँछ । पशुपतिमा बढी भेटी चढाउनेले दर्शन गर्न पाएभन्दा कम हुँदैन यहाँ पनि ।

अब तपाईं-हाम्रो कुरा गरौं । हामी दिन-प्रतिदिन गैरजिम्मेवार बन्दै गइरहेका छौं । अनुशासन र कर्तव्य भन्ने कुरा क्षीण हुँदै गएको छ । ट्राफिक नियम उल्लंघन गर्न पाउँदा गर्व गर्न थालेका छौं । संसारभर सभ्यता मापन गर्ने विषय भनेको ती देशको ट्राफिक नियम र तिनको पालना कति जनताले गरेका छन् भन्ने हो । यसको प्रभावकारी नियमनले एकातर्फ जनता सभ्य भएको देखाउँछ भने अर्कोतर्फ विधिको शासन छ भन्ने छनक दिन्छ । तर हामीकहाँको दुर्दशाले न हामी अनुशासित छौं, न विधिको शासन चलेको देखिन्छ ।

देशका सबै अंग गैरजिम्मेवार हुँदा के नेपाल उदय सम्भव छ ? अवश्य छ । यहाँनेर व्यक्तिगत स्वार्थ त्याग्नुपर्छ अनि देश बन्छ भन्ने उत्तर अपेक्षा गरिएको हो भने त्यसो होइन । स्वार्थविना त झन् सम्भव नै छैन । निःस्वार्थी भाव भएको मानिस नै हुँदैन । ऋषि याज्ञवल्क्यका अनुसार, पति-पत्नी र पिता-पुत्रको प्रेम पनि स्वार्थ हो । यसको विस्तृत व्याख्या अरू कुनै बेला गरौंला । तर सबैमा स्वार्थ हुनुपर्‍यो भन्ने विषय मूल हो ।

हामी भन्छौं, नेताहरू स्वार्थी भए । उनले धनमा स्वार्थ देखे, जुन गलत देखे । त्यो त लोभ वा मोह होे । स्वार्थ भएको भए तिनको गरिमा अहिले यसरी गिर्ने थिएन । स्वार्थी मानिसले आफ्नो प्रतिष्ठाको ख्याल गर्छ । जुन प्रचण्ड, गिरिजाप्रसाद, माधव नेपाल आदि कुनै नेताले गरेनन् । प्रचण्डले आफ्नो प्रतिष्ठा हेरेको भए उनको उचाइ यसरी घट्ने थिएन । उनका अभिव्यक्ति र बारम्बार आन्दोलनको धम्की दिनेमात्रै होइन, जनजीवन नै ठप्प हुने गरिने विरोधले प्रतिष्ठा घटाएको छ । उनको उचाइ घटे-नघटेको अरूले भन्नै पर्दैन, उनैले एकछिन आफैंलाई सोधे हुन्छ । एसियाकै महान नेताको कोटिमा पुगेका कोइराला पुत्रीमोहका कारण निक्कै तल झरिसके । माधव नेपालको त कुरै छाडौं । हत्तपत्त प्रधानमन्त्री त भए, तर बजेटसम्म पास गराउन सकेनन् । यी नेताहरूको प्रतिष्ठामा आँच आएका पछिल्ला घटना हुन् यी ।

विशाल भारत निर्माणको खाका कोर्ने कौटिल्य अर्थशास्त्रका प्रणेता चाणक्यको एक भनाइ यहाँनेर नेताहरूका लागि राख्न उपयुक्त देखिन्छ । उनले राज्य सञ्चालनबारे मौर्य सम्राट चन्द्रगुप्तलाई दिएको सुझाव थियो- प्रजाको सुखमा नै राजाको सुख हुन्छ, प्रजाको हितमै उसको हित छ । जुन राजालाई पि्रय छ, त्यसलाई सबैको हित सम्भिmनु हुँदैन, जुन प्रजालाई पि्रय छ, त्यही उसको हित हो ।

राजतन्त्र हटे पनि जनता प्रजाभन्दा माथि उठ्नसकेका छैनन् । श्रीपेचधारी राजाको ठाउँ नेताहरूले लिएका छन् । यदि यी जनताको प्रतिनिधि हुँदा हुन् त जनताको जीवन कसरी चलिरहेको छ भन्नेतर्फ अवश्य विचार गर्ने थिए । आलुको मूल्य धार्नीको १ सय २५ पुगेको छ । मूल्य वृद्धिदर १० प्रतिशतको हाराहारीमा छ । गत वर्षको भन्दा कम देखिए पनि अघिल्लो वर्ष नै १४ प्रतिशतले बढेर उचाइ छोएको मूल्यमा थप १० प्रतिशत बढ्दा जनताको जीविकोपार्जन निक्कै कष्टकर बनेको छ । क्रयशक्ति बढ्नसकेको छैन । बजेट पारित हुन नसक्दा यो वर्ष जनआन्दोलन यताकै सबैभन्दा कम आर्थिक गतिविधि भएको वर्ष हुने खतरा बढेको छ । जसले लगानी, रोजगारी र आर्थिक वृद्धिमा नकारात्मक असर पार्नेछ । खाद्यान्नको अभाव हुने पक्कापक्की भइसकेको छ । यस्तै चाला हो भने उदाइरहेका दुई छिमेकीको बीचमा वर्षौंसम्म आफ्नै कारणले मुख छोपेर बस्नुपर्ने पक्कापक्की छ ।

Wednesday, September 30, 2009

यसपाली पनि दशैं खाली निधार बित्यो

आखिर हाम्रो परिचय संस्कृतिसँगै जोडिएको छ। तर जब यसरी विदेशी भूमिमा आफ्ना सांस्कृतिक धरोहरका रुपमा रहेका चाडबाडले ढपक्कै छोप्दा मन कति खिन्न हुने रहेछ भन्ने अनुभूति भईरहेछ यो दशैंमा। हामी नेपालीहरुप्रति जति नै सहानुभूति देखाए पनि पीडाको मर्म मापन गर्न कसैले सक्दैन। जो नेपाली जहाँ जसरी रहेपनि देशको सांस्कृतिक दूतको रुपमा पुर्याएको योगदानको मुलुकले कहिले पनि कदर गर्न जानेन। बरु उल्टो आरोप लाग्छ हामीलाई विदेश बसेर भाग खोज्ने र खोस्नेहरु भन्ने। तर विदेश अधिकांश नेपालीको रहर नभएर बाध्यता हो भन्ने यथार्थलाई पनि बुझिदिनु पर्यो देश बनाउने नारा दिने र यस्तै खोक्रो नाराको पछाडि आफ्नो स्वार्थ पुरा गर्न दौडधुप गर्नेहरुले।
भावना र कर्तव्य निकै फरक हुने रहेछ। कहिलेकाँही म यस्तै भावनामा यति कमजोर बन्न पुग्छु त्यो बेला अरु सारा व्यर्थ र गौण लाग्छन्। तर जिउनु पर्ने रहेछ यथार्थ र कर्तव्यको जगमा। कम्प्युटरमा बसेर किबोर्ड थिचिरहँदा यो क्षण विगत झल्कन्छ कम्प्युटरको स्त्रि्कनमा। तर अब न ती गुमेका दिनहरु फिर्ता आउँछन् मात्र भुल्न नसक्नुको अनुभूति। म समय,भोगाई र यथार्थको जञ्जीरमा गुजि्ररहेछु कुनै कुनामा। सिंगो आकाश पनि मलाई अपुरो लाग्छ यो बेला क्षितिजपारीको आकाशलाई निलेको पो छ कि जस्तो भ्रम मभित्र उत्पन्न भईरहेछ। म आफैंलाई समयले कैदी बनाएर कजाई रहेछ।
सुनसान यी मानव वस्तीहरु आफैंलाई गिजाईरहेजस्तो। दशैं लागेको छ मलाई। खै किन हो यसवर्ष दशैंको अनुभूति भिन्न हुँदैछ। धेरै भयो अभिभावक र परिवारजन्बाट टाढिएको। सबै आफ्नै संसारमा अघिपछि विदेशमा सबै आफ्नै धुनमा व्यस्त हुन्छन्। तर जब चाडबाड आउँछ तब सबैले विदेशमा आफ्नाआफन्त खोज्दछन्। म समयको कैदी न त उम्कन नै सकेको छु न त यो जञ्जाल तोड्न नै। अनि सम्झन्छु आफ्नाआफन्त सबैलाई। गुमेका पलहरु सम्झेर रौसिनुको कुनै अर्थ छैन तर भुल्न सकिन्न। sathiharu sanga कुरा हुँदा दशैं आउँछ। खसीको मासुको चर्चा हुन्छ। अनि शुभकामना आदानप्रदानसँगै यही दोहोरिन्छ दशैं,तिहार,देउसी,भैलो,चाडबाड,आफ्नाआफन्त सबैलाई काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलमा नै छोडेर आइयो। हो त नि। त्यसैले यहाँ हाम्रो चाडबाडमा छुट्टी मिल्दैन। कहिलेकाँही त कुन चाड कहिले पर्छ भन्ने समेत हेक्का रहँदैन।
यतिखेर सबैले सबैलाई सम्झेर शुभकामना आदानप्रदान गर्ने लहर चलेपछि दशैंले ढपक्कै ढाकेको महसुस हुन्छ। यी चाडबाडहरु कति प्यारा छन् हाम्रा लागि। हिन्दू धर्म वास्तवमै आफैंमा धनी छ संस्कारका लागि। तर परिवर्तनको फोस्रो नारामा लहडिनेहरु चन्द्र र सूर्य अंकित झण्डा त फेर्नुपर्छ भनेर कुँडलिन्छन् भने हाम्रो संस्कति र धार्मिक महत्वको आवश्यकता जगाउन कता लाग्थे होलान् र? घृणा लाग्छ यस्ताहरुदेखि र धिक्कार्छु म यस्ताहरुलाई। सबै जाति,धर्म र संस्कृतिको साझा पर्व हो दशैं। अनि नेपाली पहिचानको अमूल्य धरोहर हो देशको झण्डा। मन यसरी चारैतिर भौतारिन्छ।
फोन मार्फत् आफ्नाआफन्त सबैसँग कुरा गरेपछि एक्लोपन निकै बढ्छ। काठमाडौं घरमा फोन गरेको सबैले तासमा यति जित्यौं र यति हार्यौं भनेर …विदेशमा बसेर देशका बारे चासो राख्नु ,सिक्नु र यहाँ फर्केर त्यसको सदुपयोग गर्नुपर्छ,’ बुढ्यौलीले थिच्दै लगेका कान्छा हजुरबाको यो सुझावले मन गह्रुँगो बनाउँछ फेरि एकपटक। धेरै वर्ष भयो यसरी परिवारसँग टाढिएर चाडबाडमा एक्लो बस्नुपरेको। कफी पिउन कफीसपतिर छिर्छु ,छिमेकीको …दशहरा मुवारक ‘ भन्ने शुभकामना कानमा गुञ्जन्छ अनि त्यही छिमेकी आफ्नो जस्तो लाग्छ। कफी बनाउँदै गर्दा ऊ त्यहाँ काम गर्ने सबै नेपालीहरु टीका लगाउन छुट्टी मागेर गएको जानकारी दिन्छ र कफी दिंदै सोध्छ मेरो खाली निधार हेरेर किन टीका नलगाएको भनेर। मसँग कुनै जवाफ छैन। म …फेरि भेटौंला’ भन्दै कफी लिएर घर फर्कन्छु र ऐनामा हेरेर आफैंसँग प्रश्न गर्छु …खै मेरो निधारमा रातो टीका र कानमा सिउरने जमरा?’ मन एकतमासले एकोहोरिन्छ कति वर्ष भएछ यसरी खाली निधारको दशैं भनेर सम्झन खोज्दा खोज्दै आँखाबाट अनायास झरेको आँशु गालामा छचल्किएर भुईतिर बग्दैछन्। आफूलाई सम्हाल्न गाह्रो भए जस्तो लाग्छ। कफी पनि पिउन मन लाग्दैन। त्यसैत्यसै मन भक्कानिन्छ। यसरी यो वर्षको दशैं न त खसी,न त पीङ, न त टीका पोहोर जस्तै खाली निधार बित्दैछ।

Friday, September 25, 2009

बैदेसिक रोजगर र स्वदेशी रोजगर


हामी धेरै पैसा कमाउने उदेस्यले धेरै नेपालीहरु स्वदेश रोजगरी लाई छटक्क छादि बिदेशमा धेरै पैसा कमाउनको लागि आएका छौ। यसै सन्धर्भमा मैले सानो टिप्पणी सात्यतथय लाई ढेखाउन र सावधान हुनको लागि बिशेष आग्रह गर्दछु।

सर्ब प्रथम हामी नेपाली बिदेशमा जतिलामो समय बसे र पैसा कमायपनि शोख सँग बसेपनी हाम्रो पहिचन भनेको नेपाली नै हो चहे विश्वाक ठुला देशमा ठुलै धनराशी बिलसित कमै शुख पुर्वक बसेपनी खास पहिचन हाम्रो मुलुक नै हो। वा तपाईंलाई बिदेशीले तपाईंलाई तपाईंकुन देश बाट भन्दा तपाईंले नेपालबाट अबस्य भन्नु हुनेछ तेही हो नेपालीको पहिचन। तेसैले आफ्नो पुखहरु को जनम थलो लाई कहिले नि नभुल्नु होला।
यसै सिल्सिलमा म नेपाली बैदेशिक मजदुरहरु वा बिदेशी सबै मुलुकमा कार्यरत साथीहरुलाई एक सानो सन्देश दिन चाहन्छु। हामीहरुले बिदेश मा गरिरहेको रोजगरीको केही विश्वाश हुँदैन लामो समय सम्म कामगर्ने धारणा बनायपनि कुनै ग्यरेन्टि हुँदैन तै पनि बर्तमान अवस्थामा हामीले रोजगरी बातसन्तुस्ति प्राप्त गरी धेरै भन्दा धेरै धन कमाइ आफना परिवारहरुको आर्थिक आर्जनमा सुधार साथै आफुले काम गरेको दैनिक लाइफ स्तैलमा बड्दो सौख बिलसितका समानहरुको प्रयोगमा उतप्रेरित आदी कुरालाई भबिस्वको कुरा चिन्तननै नगरि अगाडि बडेको हाम्रो फेसन जस्तो देखिएकोछ । यो सम्पूर्ण हामी नेपालीहरुको भबिस्वको ठुलो समस्या पनि हो। आजको समयमा हामीहरु बिदेशमा धेरै तलब प्राप्त गरी बिगतक बर्षाहरुका समय र भबिस्वका आउने समस्या र ति प्रतिक्षारत समयलाई चतक्क बिर्सेंर वर्तमान्मा रमाइ रहेका छौ यसैको प्रभाव भबिस्यमा हामीलाई वर्तमानमा भएको आम्दानी र भबिस्वमा हुने आम्दानिलाई तुलना गर्नु, बिचार गर्नु अती जरुरि छ। हामी बिश्व आर्थिक मन्दिको कारण नेपाली बैदेसिक रोजगारिको कमी भएको समाचारहरु अैरहेकोछन अब तुरुन्तै हामीले सोचिहाल्नु नितन्त आवस्यक कुरा के हो भने कसरी हामीले कमाइगरेको रकम बचत् गर्ने भबिस्यमा त्यसलाई उपयोगगरी आर्थिक जिबिकोपर्जन गर्नेतर्फ लागेनौ भने अहिलेको सौख आगामी ५ बर्ष भित्रमा ठुलै बिकरल समस्या नेपलमा पर्नसक्ने मैले अनुमान गरेकोछु त्रसर्थ ठुलो धनराशी प्राप्त हामी बैदेशिक रोजगारबाट फिर्ता नेपालमा गयपछी हामी पुन नेपालमा रोजगारको अबसर प्राप्तगर्ने छैनौ हाम्रो उमेर पनि समय परिस्थिती अनुकुल बातावरण हुनेछैन त्यसवेला हामी लंगदो सरह हुने अवस्था स्रिजना हुनेछ भने कतिपयको यस्टो अवस्था स्रिजना भैसकेकोछ। त्यसैले हामीले समयमा नै यसतर्फ सोच बिचार गरेनौ भनेअवस्या यो स्थिती १००% हुनेछ। अनित हामी फेरी हाम्रा परिवार बाट पुन तादिनु परने batawaran हुनेछ र उही पुरनै रोग बिदेश जाने प्रयास । यो सत्य होकी बिदेशको ठुलो धन राशी भनेको श्रावन महिनको वर्शे बढीहो यो एक पटक आउँदा पानिपानी हुन्छ अनी जब बर्षा घत्दैजान्छ shukhha खदेरी सुरुहुन्छ तेसै खदेरिको समाना गरन निल्कै कठिनाई पर्नेछ। यो समस्या हामीहरुको मात्र नभै सार्वजनिक समस्या हुनेछ तेसैले बेलैमा होसियार,साबधान रहनु नै उचित हुनेछ।
यसैगरी नेपालमा हाल सरकारी ,गैर सरकारी जहाँ जसरी भएनी रोजगारी गरी बस्नु भएका महानुभबहरुलाई यो सन्देश छ कृपया अरुको पछी लागेर् आफ्नो भबिस्व अनी परिवार लाई नबिगारनुहोला। तपाईंसँग रोजगारिछ तेसैलाई राम्रो गर्नुहोला अहिले बिदेशमा आएर गरेको ठुलो धन राशी को टिकाउ हुनेछैन बिदेशमा रहेकाहरुको बनी फेशन नै धेरै खर्चगर्ने बानी भयको छ र यस्लाई मेन्तेन गर्नु सकिदैन बिदेशको यात्रा भनेको फिक्स टाईम मात्र हुन्छ अनित फेरी बेरोजगारी समस्या आउनेछ।
यो नितन्त अनुभवको आधारमा वा यस तर्फ सोच्दै नसोचेका नेपाली साथीहरुको लागि सतर्कत गराउनको लागि तयार पारियको लेखहो गल्ती भयमा सुधारगर्नु हुनेछ। बिगतका बेरोजगारि समस्या बाट बैदेशिक रोजगार प्राप्त बेलामा बिशेष सोच गर्नु हुनेछ भविस्यको लागि समयमा सोच पुर्यैइ भबिस्यको सुन्दर शुखमाय कल्पनामा लाग्नुहुनेछ। धन्यवात यहाँ तपाईंले तपाईंको महत्व pura टाईम दिeकोमा । बिदा।

Khukuri ----no entry


माधव नेपाललाई खुकुरी लान दिएनन् ओबामाका अंगरक्षकले

प्रधानमन्त्री माधवकुमार नेपाललाई अमेरिकी राष्ट्रपति बाराक ओबामाका अंगरक्षकहरुले खोजतलास गर्दा गोर्खाली खुकुरी भेटिएपछि त्यसलाई लान अनुमति दिएनछन्। अमेरिकी राष्ट्रपतिको सुरक्षाका लागि अलग्गै सुरक्षा दस्ता सिक्रेट सर्भिस खट्ने गर्छ। बिहीबार राष्ट्रसंघीय शान्ति सेनामा उल्लेखनीय योगदान गर्ने राष्ट्रका प्रमुखहरुलाई भेट्ने क्रममा हाम्रा प्रधानमन्त्रीलाई खुकुरी लाने अनुमति उनीहरुले नदिएका हुन्।

नेपालले त्यो खुकुरी खराब नियतले लान लागेका भने थिएनन् है। उनले त नेपालको एउटा चिनो ओबामालाई दिउँला भनी खुकुरी बोकेका रहेछन्। त्यो खुकुरीले नेपालको शान्तिप्रतिको प्रतिवद्धता झल्काउने धोको थियो रे उनको।

खुकरी र माधव नेपालको यो रमाइलो प्रसंग ह्वाइट हाउसको ब्लगमा सामन्था पावरले लेखेकी हुन्। उनी Senior Director for Mulilateral Affairs हुन्।

Sunday, September 13, 2009

A Nepali- in India

I often carry my passport these days in Delhi whenever I go out. Not that a Nepali needs to have one to enter India unless the entry is by air. No one asks for a passport here, not even those Intelligence Bureau sleuths whom I bump into occasionally at gatherings and interactive programmes where they, like me, go to cover the event. They are nice and they know that I am a Nepali. The problem often comes when I interact with ordinary Indians who are preoccupied with certain perceptions about the general look of the Nepali people.
“But you don’t look like a Nepali,” many Indians whom I meet on the streets and talk to tell me in bewilderment.
“Is that so? What do I look like?”
“Well, you look like us,” they say. “You are an Indian.”
Others will be more specific. “So you are a Kashmiri?” they ask me when I am bearded. Some guess I am an Israeli vacationing in India. In Madhurai’s Meenakshi Temple last month, after asking me if I wanted “hashish, good quality”, a tout went on to name all the European countries he knew of so that if I could tell him where I was from, he could offer me the same in “my” language.
At the Taj Mahal two months ago, an auto driver refused to believe me despite my vigorous attempts to prove my Nepali nationality. “No, sir,” he would say, “aap Nepali nahi ho. Nepali jaise dikhte nahi ho.” (You are not a Nepali. You don’t look like a Nepali.)
Only a person with a flat nose and, I hate to use the word here but I must, “chinky” eyes, passes as a Nepali for many Indians. When they say I don’t look like a Nepali, they are looking at my long, bahunish nose and almost almond-shaped, big, deep and “awaken” eyes. They are also considering my skin colour which is relatively fair. Going by their reactions and comments, I have come to the conclusion that only those with Mongolian features are considered Nepali in India.
When I hear the same from educated Indians like journalists, software professionals, bank employees and university students, I seriously try to explain to them the diverse nature of Nepali society that lives at different altitudes, eats varieties of foods, speaks many languages and sport different looks.
I think the perception varies from place to place. Filipinos, for example, think otherwise. “My Filipino friends always asked me how come I look Chinese when Nepalis are supposed to look like Indians,” said a friend of mine who recently returned to Nepal from the Philippines where she had gone to study. Milan Rai of Khotang, 19 years old, came to Delhi two weeks ago to study Chartered Accountancy. He smiles when Indians talk about him with his Nepali friends in Hindi thinking that he doesn’t understand the language before trying to overcharge him. “Ye toh Chini hey.” (He is a Chinese.) We also have some mistaken perceptions about Indians in Nepal. Many of us think Indians with a fair skin can only be found in Bollywood movies and there are probably only two such people: Salman Khan and Aishwarya Rai. (No other intentions in putting these two names together here.)
The Indian perception that “only a Mongolian can be a Nepali” might not be as problematic to India as the one that considers all Mongolians in India as Nepalis. (When I say Mongolians, I also include the bona fide citizens of Mongolia living in India apart from the millions of Indians from India’s northeast with Mongolian features.) Just as I do not like being called an Indian, many Indians with Mongolian features feel rejected when they are mistaken as Nepalis (meaning non-Indians) by the so called “mainstream” Indians. Saying, “Sorry, I am not an Indian” is vastly different from, say, screaming, “Hello, I am an Indian, just like you, a bona fide citizen of this country.” Who likes to face a situation in which they have to prove their nationality everyday to every Ram and Shyam? When I write this I am aware about similar situations faced by many Nepalis in the Tarai. I believe no Nepali should have to endure the experience of Pu Lalthanhawla.
“In India, people ask me if I am an Indian,” said Pu Lalthanhawla, chief minister of the Indian state of Mizoram, five weeks ago in Singapore when the issue of racism was being intensely debated in India while Indian students were being attacked in Australia on racial lines. “When I go to south [India], people ask me… if I am from Nepal or elsewhere. They forget that the northeast is part of India… I have told many, ‘See, I am an Indian like you’.” Then he added, “I am a victim of racism.” (Northeast India includes the states of Assam, Arunachal Pradesh, Sikkim, Manipur, Mizoram, Meghalaya, Nagaland and Tripura.)
There were numerous reports in the media recently with headlines like “India Is Racist, And Happy About It” that not only proved Lalthanhawla’s statements but also brought to light the plight of Mongolian-looking Indians in cities like Delhi that is primarily dominated by the so-called mainstream Indians. “Last year, as I was shopping in one of Delhi’s posh markets, a man came up to me and said, ‘Hi baby!’,” wrote Monalisa S. Arthur, a journalist and a Mongolian woman from India’s northeast, in The Hindustan Times. “When I ignored him and kept walking, he snarled, ‘Bloody chinky’, and left.”
She described how difficult it was for people of the northeast to be accepted as Indians in Delhi. “Most times I fight back when I am teased so that the same person will think twice before harassing another ‘chinky’,” wrote Monalisa who said she wasn’t accepted in the city despite having lived there for 17 years. “Until the situation changes, some men will always consider us cheap and available; and Delhi will never be home, just a place where we work.”
PS: “Chinky” is one of the many new words that I have learned since I came to India last year. One dictionary defines it as “(ethnic slur), a person of Chinese descent”. Assamese poet and columnist Samir Tanti was quoted as saying, “Calling someone ‘chinky’ (referring to small eyes) is racial in nature. I know all northeasterners are known as chinky in Delhi and other parts of India.”

Saturday, August 29, 2009

A Recite

Lonely the path you have chosen
A restless road, no turning back
One day you will find your light again
Don't you know
Don't let go the chance
Follow your heart
Let your love lead through the darkness
Back to a place you once knew
I believe I believe I believe in you
Follow your dreams
Be yourself an angel of kindness
There's nothing that you cannot do
I believe I believe I believe in you

Someday I'll find you
Someday you'll find me too
And when I hold you close
I know that it's true
Follow your heart
Let your love lead through the darkness
Back to a place you once knew
I believe I believe I believe in you
Follow your dreams
Be yourself an angel of kindness
There's nothing that you cannot do
I believe I believe I believe in you
I believe I believe I believe in you
I believe I believe I believe in you...

Health sparker


Most of us don't worry about our memory fading. But memory problems can arise early as your 20s, according to a new University of Virginia study. After evaluating more than 2,000 men and women between the ages of 18 and 60 for seven years, researchers found that by the age of 27, brain speed, puzzle-solving capabilities, and abstract reasoning started to decline in most people. That doesn't mean you're doomed to not knowing your girl's name tomorrow. But it does indicate that your brain s one part of your body you need to keep fit. Here's how:
1. STAY ACTIVE Physical fitness may increase the size of your hippocampus—the region of the brain connected to long-term recall. Anything that gets your blood flowing works, but jogging and swimming appear to provide the best benefits to the brain.
2. EAT SMART What's good for your heart is good for your noggin, says Gary Small, M.D., author of iBrain. He advises loading your diet with antioxidant-rich foods (such as brightly colored fruits and vegetables), plus omega-3 fatty acids from fish and olive oil.
3. ORGANIZE AND VISUALIZE Teach yourself mental cues. If you need to remember several items, try arranging them into smaller units. Take your Social Security number. You probably know it by heart because it's already arranged into groups of three, two, and four numbers.
4. DON'T OVERDO IT Although technology can leave you scattered and mentally drained, it can also free your brain up from things that I don't need to be committed to memory, like phone numbers and birthdays (unless it's your wife's and kids' days; remember those!).
5. PLAY AND RELAX Contrary to what your mom says, video games won't rot your brain. Some—like the puzzle-filled Brain Age 2 for Nintendo DS—may even help to strengthen and train it. Kicking back and relaxing also reduces stress levels, which can boost brainpower
AMIT GAULI