Thursday, February 19, 2009

Kathortha ko parakasta

कठै, यो गैँडा त मरेछ !

पापीहरुले जिउँदै सिङ्ग काटेर घाइते बनाई छाडेको यो पोथी गैँडा अब यो संसारमा छैन। चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सकहरुले यसलाई बचाउन उपचार सुरु गरिसकेका थिए। तर उपचार कै क्रममा हिजो यसको मृत्यु भएछ। मान्छेको जस्तो व्यवहार हुँदो हो त चितवनमा बाँकी रहेका चार सय गैँडाले दोषीमाथि कारबाहीको माग गर्दै जुलुस निकाल्थे होलान्। टायर जलाउँथे होलान्, अनि पहिलो गैँडा शहीद घोषणा गरी दस लाख रुपैयाँ क्षतिपूर्तिको माग गर्थे होलान्। तर गैँडाहरु मान्छे जस्ता ‘असभ्य’ छैनन्। उनीहरु चुपचाप छन्। संभवतः आँसु लुकाइ आफ्ना एक साथीको मृत्युप्रति शोक मनाउँदैछन्।

निकुञ्जका अधिकारीहरुले गैँडाको कानमुनि गोली लागेको देखिएकोले बेहोस पारेर सिङ्ग झिकेर लगेको बताएका छन्। कानमुनि हानिएको त्यो गोली घाँटीमा गएर अडकिएको थियो।
गैँडा मार्ने पापीहरुलाई अहिलेसम्म पक्राउ गर्न सकिएको छैन। निकुञ्जले सुराकीबाट अपराधी पत्ता लागिसकेको र पक्रन मात्र बाँकी रहेको बताएको छ रे।


निकुञ्ज नजिकैका सौराहाका बासिन्दाले घाइते गैँडा खोज्न वास्ता नगरेको भन्दै निकुञ्जको कार्यालयमा केही अघि तालाबन्दी समेत गरेका थिए।
गत वर्ष गैँडा गणना गर्दा चार सय आठ वटा गैँडा रहेका थिए। ती मध्ये सात वटालाई पापी शिकारीहरुले मारेका छन्।



No comments:

Post a Comment