Sunday, February 22, 2009

Nepal Vs Ethiopia

Gata barsa college ko seminar ma maile ethiopia ko ek jana doctor bhetein त्यो नेपालमा संविधान सभाको चुनावपछिको समय थियो। उनी नेपालका समाचार हेर्दै थिए। उसलाई नेपालको बारेमा सबै थाहा थियो। उसले मलाई नेपालको स्थिति इथियोपियाको जस्तै रहेको बतायो।

इथियोपियामा पनि एउटा राजा रहेछ। कम्युनिस्ट र अरु पार्टी मिलेर राजालाई हटाएछन् र चुनाव भएछ। कम्युनिस्ट पार्टीले चुनाव जितेछ र शासनसत्ता सम्हालेछ। तर उनीहरुले सत्ता सम्हालेको धेरै हुन नपाउँदै सीआईएले कम्युनिस्ट सरकारलाई चुनौति दिन नयाँ विद्रोही समूह गठन गर्न सहयोग गरेछन्। त्यसपछि त्यहाँ अरु विद्रोही समूहहरु पनि जन्मिएछन् र अन्ततः देश डरलाग्दो गृहयुद्धमा जाकिएछ। जुनै पार्टीले पनि साना हतियार र बन्दूकको प्रयोग गरी सर्वसाधारणलाई आतंकित बनाएछन्।

अधिकांश समूहहरु अहिले हाम्रो तराईमा भएका जस्तै लुटेराहरु थिए।

उनीहरुले सर्वसाधारण, व्यापारी, नेता, जोकोहीलाई पनि पैसा र शक्तिका लागि मार्न थाले।

तराईका घटनाहरु अनि राजधानीमा हिजो भएको गोलीकाण्डको खबर सुनेपछि आज फेरि झल्याँस्स उसलाई सम्झेँ, अनि मेरो देशलाई पनि।

तर,

अहँ म मेरो देशलाई इथियोपिया जस्तो बनेको कल्पना गर्न सक्दिनँ, तपाईँ नि ?

आउनुस्, कामना गरौँ हाम्रो देशमा सुख र शान्तिको।

Saturday, February 21, 2009

Mandhir ko rajniti

*नेपालमा दक्षिणकै भट्ट चाहिने, नभएदेखि दिल्लीमा दंगा भड्किन्छ र दुई देशको सम्बन्ध चिसिन्छ भन्नु पशुपतिभन्दा ठूलो चर्च खडा गर्ने निम्ता दिनु हो । भट्टहरूले सयौं पुस्तादेखि नेपालीहरूलाई हेप्दै आइरहेको र नेपाललाई ठगेको यथार्थमाथि आँखा चिम्लनु कथित हिन्दु धर्म परित्याग गर्न आह्वान गर्नु हो ।
*यो धार्मिक उपनिवेशवादी नीतिको निर्लज्जतामाथिको नाङ्गो उद्घोष हो । को हुन् बच्चन र अम्बानी नेपालका निम्ति ? ती नआएर पशुपतिनाथको के लछारिन्छ र ? यद्यपि ‘भारत-अमेरिकी एक्सिस’ भित्रका सल्लाहकारहरू थोपरिएका हाम्रा राष्ट्रपतिलाई निम्त्याउन बाध्य पारेर आइलागेका पाहुनाहरू पशुपतिको नाउँमा जलस्रोतमाथि निर्णायक कब्जा जमाउन टुप्लुकिएका हुन् भन्ने सम्पूर्ण काठमाडौं जान्दछ ।
*कथित हिन्दु धर्माबलम्बीहरू नेपाली कांग्रेस र उसको स्वाङे भाइ एमाले एवं मुग्लानी बादशाहीको सर्वाधिक प्रिय पाउभक्त ताबेदार सूर्यबहादुर थापाको जनशक्ति पार्टी परम्परा र विधिको दुहाइमा उत्रियो । जबकि अर्को अर्थ नलागेमा राजपरम्परा नै सही, २ हजार वर्ष पुरानो कुनै एउटा परम्परा जनमत संग्रहमार्फत फाल्ने हुति पनि नराखेर २६ सदस्यसमेत मनोनयन नभएको अवस्थामा टेबल ठोकेर समाप्त हुन्छ ।
*नेपालका पूर्वप्रधानमन्त्री बालाजी मन्दिरको चारैतिर राखिएका मानिसभन्दा अग्ला थैलामा कुर्कुच्चा उचालेर नपुगेर हात उचालेर थैलैपिच्छे सुटुक्क एक लाख खसाल्छन् । तर पशुपतिमा चार रुपैयाँ चढाउँदैनन् भने त्यसको पनि अर्थ त होला ।
*भारतीय तीर्थहरू आवश्यक छैन भनेर १६ औं शताब्दीमै ‘स्वस्थानी’ आइसकेपछि तिनलाई माघ महिनाभरि रात रात पाठ पनि गर्ने फेरि यही माघमा पशुपतिमा दक्षिणकै भट्ट चाहिन्छ पनि भन्ने नेपाली आचरण मनोविज्ञानको व्यक्तित्व विघटन भन्ने अध्यायसँग ठ्याम्मै मिल्छ ।
*कुनै पनि सम्पत्ति र स्रोतमाथि नङ्ग्रा गाड्ने माओवादी प्रवृत्तिको आरोप लागेको भए पनि त्यो स्रोतमाथि ऊ सत्तामा रहुन्जेलमात्रै नङ्ग्रा गड्ने हो । नङ्ग्रा गडाइको लामो ग्यारेन्टी अन्ततः दिल्लीको आशीर्वादप्राप्त कांग्रेसकै हो । हात हालेपछि स्वाङे भाइको धोकाले सरकार ढल्ने नै भए पनि पशुपति रहुन्जेलसम्म राजतन्त्र मान्ने छौं भन्ने मनमोहन अधिकारीका अनुयायीहरूको अनुहार सम्झेर गोडा कँपाउनु हुँदैनथ्यो । सिजर जन्माउने सिजेरियन अप्रेसन गर्ने बेला थियो यो । राष्ट्रिय रूपमा भारी सहानुभूति प्राप्त गरेर आउँदो चुनावमा त्यसलाई भजाउन सकिने ठूलो अवसर थियो । कि राडीमा पिठो मुछ्नु हुँदैनथ्यो, मुछेपछि रोटी खाने आँट गर्नुपथ्र्यो ।

‘पशुपतिनाथ जाँदैनौँ’- ५ जनवरीको कान्तिपुरमा शीर्षक बनेको यो वाक्य भारतको उत्तर प्रदेशका नेताहरू मुलायमसिंह यादव र अमरसिंहको हो । तर उनीहरूको कोप- भाजनको पात्र पशुपतिनाथ भए, मूलभट्ट होइन । यसरी पशुपतिनाथभन्दा भट्टवृन्द भारतका निम्ति आदरणीय र महान् भएका छन् । यो धार्मिक उपनिवेशवादी नीतिको निल्र्लजतामाथिको नाङ्गो उद्घोष हो । को हुन् बच्चन र अम्बानी नेपालका निम्ति ? ती नआएर पशुपतिनाथको के लछारिन्छ र ?
उनीहरू पशुपतिनाथको सट्टा पाटनको कृष्णमन्दिर गए । जबकि वर्षको एक दिन भीड हुने यस्तो मन्दिरका सट्टा ३६५ दिन भीड हुने पशुपतिनाथतुल्य मन्दिर अरू धेरै छन् काठमाडौंमा । तर सम्भवतः उनीहरूलाई कसैले कृष्णमन्दिर निर्माणमा मथुराका कलाकारहरूको हात छ भन्ने सुनाइदिएको छ । यही साम्प्रदायिक ‘चिकेन हर्टेड’ नीति हो भने महेन्द्र राजपक्षले सम्भवतः इन्द्रचोकको इन्द्र मन्दिरलाई मात्र गन्तव्य मान्लान्, जसको निर्माणमा श्रीलंकाका महाविजयको योगदान रहेको भनाइ छ । यद्यपि ‘भारत-अमेरिकी एक्सिस’ भित्रका सल्लाहकारहरू थोपरिएका हाम्रा राष्ट्रपतिलाई निम्त्याउन बाध्य पारेर आइलागेका पाहुनाहरू पशुपतिको नाउँमा जलस्रोतमाथि निर्णायक कब्जा जमाउन टुप्लुकिएका हुन् भन्ने सम्पूर्ण काठमाडौं जान्दछ ।
उता आयस्ता सुकेकोमा मरणासन्न हुन लागेका भण्डारीहरू, कथित हिन्दु धर्माबलम्बीहरू नेपाली कांग्रेस र उसको स्वाङे भाइ एमाले एवं मुग्लानी बादशाहीको सर्वाधिक पि्रय पाउभक्त ताबेदार सूर्यबहादुर थापाको जनशक्ति पार्टी परम्परा र विधिको दुहाइमा उत्रियो । जबकि अर्को अर्थ नलागेमा राजपरम्परा नै सही, २ हजार वर्ष पुरानो कुनै एउटा परम्परा जनमत संग्रहमार्फत फाल्ने हुति पनि नराखेर २६ सदस्यसमेत मनोनयन नभएको अवस्थामा टेबल ठोकेर समाप्त हुन्छ ।
अझै थप बिग्रिएको पुरानो लिङ्गलाई विस्थापित गरेर पुनःस्थापित गर्दा आफ्नै दरबारतिर अघोरमुख पर्न जाँदा पनि सच्याउन नसक्ने, १८५७ को जुत्ता सुल्ट्याउन नसक्ने वाजिद अलि साहजस्तो ज्ञानेन्द्र परम्पराको रक्षाको नाममा पशुपतिका भट्टहरूको पक्ष लिँदै बोल बोल माछा मुखभरि पानी शैलीमा वक्तव्य दिन्छन् । सम्यक् पूजामा शाक्य महिलाको हातबाट आफ्नो गोडा धुवाएको तस्बिर सूचना विभागको क्यालेन्डरमा छापिन जाँदा र पत्नीले पतिलाई ढोग्ने परम्परा नै रहेको भए पनि कोमललाई आफूले गोडा उचालेर २०६२ सालको दसैंको टीकामा त्यो पनि जुत्तासहितको गोडामा ढोगाएको दृश्य छापामा आउँदा जनतामा के छाप पर्न गयो बुझ्न नसक्ने ज्ञानेन्द्रले भट्ट फेरिँदा वक्तव्य दिनुले उनलाई पनि दिल्लीको नवीनतम पहरेदारमै दर्ता गरेको छ ।
के जुत्तामाथि ढोग्नु परम्परा हो ? भट्ट व्यवस्था रहेमात्र राजतन्त्र रहनेछ भन्ने ब्रह्मवाक्य त ‘ब्ल्याकमेलिङ’ मात्र रहेछ भन्ने बुझ्दा पनि पुर्खा पृथ्वीनारायणको ‘चेतना भया’ अझै चेतना नआउनु अनौठो छ । कि उही महराले भनेजस्तो कमिसनको चक्कर हो ?
सन् १९७७ को जनता पार्टीको सरकारको क्याबिनेटमा एकमात्र नेपालविरोधी मन्त्री अटलविहारी वाजपेयीको त्यस्तो प्रस्तावबारे अहिले बन्द भइसकेको समय साप्ताहिकमा छापिएकै हो र भाजपाजस्तो भारतको सबैभन्दा ठूलो नेपालविरोधी पार्टी अर्को रहेनछ भनेर आफ्नो आलो घाउ यतिबेला चाट्दाचाट्दै पनि लालकृष्ण आडवाणी रिझाउने वक्तव्य पुराना भारदारहरू र तिनका भक्त राप्रपाजस्ता पार्टीहरूले दिए । अशोक सिंघलको विश्व हिन्दु संघलाई कमिसन नबुझाएबापत नेपाली पक्षको मिलेमतोमा ज्यान गुमाउन पुगेका ठानिने नारायण पोखरेलको दृष्टान्त छँदाछँदै कथित हिन्दुवादी भाजपाको सहयोगमा आफ्नो राज्यसत्ता पुनः फर्केला भन्ने दरबारियाहरूले ठानेको हो भने त्यो जस्तो उदेकलाग्दो अवस्था केही हुन सक्दैन । आखिर त्रिभुवनले देश बुझाएकै हुन् भनेर भाजपाले जस्तो कंग्रेस आईले कुर्लेको छैन । कुशाभाउ ठाकरे र केआर मलकानीका जस्ता विषवमनयुक्त शब्दहरू नेपालीहरूले कमै सुनेका होलान् ।
मनोविदलताका सिकारकान्तिपुरको कुनै अंकमा एक पात्र भन्छन्- शंकराचार्यले पशुपतिमा भारतको र दक्षिणको रामेश्वरमा नेपाली पुजारी रहने परम्परा बसालेका थिए । त्यसैले यो परम्परा हजारौं वर्ष पुरानो हो । जबकि नवौं शताब्दीका शंकराचार्य नेपाल आएको प्रमाण नै छैन । आएका भनिएका उस्तै नाम गरेका शंकराचार्य १२ औं शताब्दीको काशीका बासिन्दा हुन् (टण्डन, २०५३) । जुन मूल भट्टको आवासमा अहिले भट्ट नामावली टाँसिएको छ, त्यो तिनै टण्डनको पुस्तकको पेज नं. २३५ बाट खुरुखुरु सारिएको हो । अर्थात् आफ्नो परम्पराको दुहाइ दिने भट्टहरू स्वयंलाई परम्परा र अग्रजबारे थाहै छैन । तिनले नपुगेर तिनका सेनामेनाहरूले फेरि परम्पराको कुरा गरिरहे । यो अजब नेपाल गजबको छ ।
नेपालका पूर्वप्रधानमन्त्री बालाजी मन्दिरको चारैतिर राखिएका मानिसभन्दा अग्ला थैलामा कुर्कुच्चा उचालेर नपुगेर हात उचालेर थैलैपिच्छे सुटुक्क एक लाख खसाल्छन् । तर पशुपतिमा चार रुपैयाँ चढाउँदैनन् भने त्यसको पनि अर्थ त होला । भण्डारीलाई राजभण्डारी बनाउन नचाहेको कुरा आफ्नो बैठकमा जतिपटक भने पनि बाहिर भन्दै हिँड्न सुहाउने कुरा पनि त भएन ।तन्त्रशास्त्रका विद्वान् प्रा. विद्यानाथ भट्ट छापामै भनिरहेछन्- वैदिक र तान्त्रिक दुवै ज्ञान भएका पशुपतिका पुजारी बन्न लायकका पात्रहरू नेपालमै सक्दो छन् । तर भट्ट उपनामधारी मूलपात्र दक्षिणकै अर्को कुनै भट्टलाई मन्त्र दिन चाहन्छन् । त्यो गोटी दिल्ली भक्तहरूका निम्ति पाशुपतास्त्र भएको छ । यसरी आध्यात्मिक ब्ल्याकमेलिङमा फस्न नेपालीहरू नै मन्जुर भएपछि राम राम भन्नेबाहेक ढाड थाप्ने कुरा पनि आउँदैन ।
भारतीय तीर्थहरू आवश्यक छैन भनेर १६ औं शताब्दीमै ‘स्वस्थानी-य)’ आइसकेपछि तिनलाई माघ महिनाभरि रात रात पाठ पनि गर्ने फेरि यही माघमा पशुपतिमा दक्षिणकै भट्ट चाहिन्छ पनि भन्ने नेपाली आचरण मनोविज्ञानको व्यक्तित्व विघटन भन्ने अध्यायसँग ठ्याम्मै मिल्छ । शबरीको बयर जुठो हुँदाहुँदै पनि त्यसमा निहित श्रद्धाले गर्दा रामले खाए भनेर नथाक्ने यी आन्दोलनकारीहरू देवतामा श्रद्धा नभएको र दक्षिणामा मात्र आँखा लागेको विधिविधान र प्रक्रियाको वकालत पनि गरिरहेछन् । यो आचरण मनोविज्ञानको मनोविदलता भन्ने अध्यायसँग दुरुस्तै मिल्छ ।
त्यसमाथि चारवटा शंकराचार्य मठमध्ये एउटै पनि राख्न लायक नठानिएको त्यो बेलाको शैवभक्त काठमाडौं, चारवटा ज्योतिर्लिङ्गमा एउटैमात्र पनि मान्न नचाहेको त्यो बेलाको शक्तिशाली पशुपति, मासु खाने पहाडी र मैथिलहरू मात्र भएकाले बाहुन नामका म्लेच्छहरू भएको नेपालमा दक्षिणकै भट्ट चाहिने, नभएदेखि दिल्लीमा दंगा भड्किन्छ र दुई देशको सम्बन्ध चिसिन्छ भन्नु पशुपतिभन्दा ठूलो चर्च खडा गर्ने निम्ता दिनु हो । भट्टहरूले सयौं पुस्तादेखि नेपालीहरूलाई हेप्दै आइरहेको र नेपाललाई ठगेको यथार्थमाथि आँखा चिम्लनु कथित हिन्दु धर्म परित्याग गर्न आह्वान गर्नु हो । भाजपा र भारतीय नेताहरू एवं तिनको राजनीति त्यस्तै आह्वान गर्छ भने राम्रै हो ।नेपाल आउँदो १० वर्षमा विश्व इसाई संघको मानार्थ राजकीय सदस्य बनिसक्ला । हिन्दुत्व भारतसँग सामीप्य राख्ने ठूलो अस्त्र हो भन्ने भारतलाई लागेको हो भने त्यो अस्त्रले अबका दिनमा कदापि काम दिने छैन । पशुपतिनाथ सदा-सर्वदा रहनेछन् तर त्यसको व्यवस्थापनमा आएको भाँडभैलो राम्रो हो जति मच्चियो उति सुन्दर कुरा हो र थियो । माओवादीहरू आफ्नो जिद्दीमा हारेका छन् । अन्य जतिसुकै सन्दर्भमा निन्दित भए पनि यसका लागि तिनलाई बिर्सन मिल्दैन ।
कुनै पनि सम्पत्ति र स्रोतमाथि नङ्ग्रा गाड्ने माओवादी प्रवृत्तिको आरोप लागेको भए पनि त्यो स्रोतमाथि ऊ सत्तामा रहुन्जेलमात्रै नङ्ग्रा गड्ने हो । नङ्ग्रा गडाइको लामो ग्यारेन्टी अन्ततः दिल्लीको आशीर्वादप्राप्त कांग्रेसकै हो । यसैले पनि प्रचण्डले पशुपतिनाथलाई संग्रहालयमा लगेर राख्नुपर्छ भन्ने विश्वेश्वरप्रसाद कोइरालाका अनुयायी र विधान नाघेर पार्टी सभापति र प्रधानमन्त्री दुवै पद चाहिने गिरिजाप्रसाद कोइरालासँग पशुपतिनाथबारे छलफल गर्ने बेला यो थिएन । हात हालेपछि स्वाङे भाइको धोकाले सरकार ढल्ने नै भए पनि पशुपति रहुन्जेलसम्म राजतन्त्र मान्ने छौं भन्ने मनमोहन अधिकारीका अनुयायीहरूको अनुहार सम्झेर गोडा कँपाउनु हुँदैनथ्यो । सिजर जन्माउने सिजेरियन अप्रेसन गर्ने बेला थियो यो । राष्ट्रिय रूपमा भारी सहानुभूति प्राप्त गरेर आउँदो चुनावमा त्यसलाई भजाउन सकिने ठूलो अवसर थियो । कि राडीमा पिठो मुछ्नु हुँदैनथ्यो, मुछेपछि रोटी खाने आँट गर्नुपथ्र्यो ।
किनभने हारेको खेलाडीले कैलाशबाट हानेको कौडा चार ठाडा पारेपछि कसरी सेर्रा भएर आउँछ उसले बुझेकै होला । निकट भविष्यमा व्यक्तिगत छनोटभन्दा प्रतियोगिता र परीक्षालाई आधार बनाएपछि ग्लोबल टेन्डरको नाममा पशुपतिको भट्ट नेपाली हुनै नसक्ने कुरा घामजत्तिकै छर्लङ्ग छ । बर्माको सीमान्तमा रहेको बौद्ध मन्दिरमाथि थाइल्यान्डको हैकम अब कम्तीमा हाम्रो निम्ति नयाँ रहेन । अर्जेन्टिनाको सीमान्तमा रहेका सीमास्तम्भरूपी चर्चहरूमाथि कदाचित ब्राजिलको हैकम भए अब हाम्रा निम्ति नयाँ कुरा हुने छैन ।
अन्त्यमागोपाल किराँतीले खल्तीबाट फुत्त झिकेर जुन नियुक्ति दिए, गर्नुपर्ने तरिका त्यही नै हो । बरु कुनै राई, गुरुङलाई अर्थात् किराँतलाई नियुक्त गरेको भए पनि हुन्थ्यो ।ब्राह्मणवादविरुद्ध जनजाति तथा उत्पीडित वर्गको पेज नं. ४० बाट झिकिएको यो पंक्ति कि खुल्ला रूपमा जनताले स्विकार्नुपर्‍यो कि जस्तोसुकै र जुनसुकै राजनीतिक आस्थाका हुन् किराँतीलाई अभिनन्दन गर्नुपर्‍यो-
‘प्रभावशाली केही ब्राह्मणहरू आत्मिक रूपले अझै पनि ‘सम्पूर्ण नेपाली’ बन्न सकेका छैनन् । उनीहरूका लागि नेपाल भन्ने एक कमाउ थलोमात्र र आफ्नै मूल वा स्वर्ग जाने थलोचाहिँ हिन्दुस्थान नै सम्झी त्यही भूमिप्रति बफादार देखिन्छन् ।’

Friday, February 20, 2009

-मनोज गजुरेल

पात्रहरु- प्रधान न्यायाधीश,तत्कालीन प्रधानमन्त्री, सेना प्रमुख,सपथ खुवाउने (राष्ट्रभाषामा)- राष्ट्रपति रामवरण जादवसपथ खाने (पितृभाषामा)- फोरमानन्द झा


‘म’
‘मैं’
‘म’
‘मैं’
‘के बाख्राजस्तो म्याँ म्याँ गरिरहनु भएको ! म भन्नोस् न । ‘
‘मैं’
‘हरे, फेरि म्याँ म्याँ … नेपाली गाह्रो लाग्छ भने आफ्नो मातृभाषामा सपथ खानोस् ।

‘अरे भाइ, यह बुढापेमें कायको मातृभाषा हम तो पितृभाषामें सपथ खाऐंगे, मैं । ‘‘म शरमानन्द झा । ‘
‘मैं फोरमानन्द झा ‘‘ए बाबा, पार्टीको नाम हैन, आफनो ओर्जिनल नाम भन्नोस् न । ‘
‘मैं चरेसानन्द झा ‘‘ईश्वरलाई साक्षी राखेर । ‘
‘कौन ईश्वर, पोखरेल - ‘
‘हैन,ईश्वरलाई साक्षी राखेर । ‘
‘नही, ओह पहाडियाको साक्षी नही रखेंगे । ‘
‘पहाडिया मधेसिया हैन, फगत ईश्वरलाई साक्षी राखेर ।’
‘ना बाबा ना , ईश्वरको नही, उस् स्वरको साक्षी रखकर ‘
‘उस् स्वर हैन बाबा, इश्वरलाई साक्षी राखेर । ‘
‘इस्चोरको साक्षी रखकर ‘
‘कहां राष्ट्रपतिलाई देखाउदै ‘इस् चोर’ भनेको ! भन्नोस्-भगवानलाई साक्षी राखेर । ‘
‘भगवान भण्डारी - नही, उदित लणायनको साक्षी रखकर ।’
‘यो सपथ खान्छु कि- ‘
‘एक मिनट -गोजी छामछुम पार्छ र पानको बिंडा निकाल्छ र मुखमा हाल्दै) यह सपथ खाता हुं कि - ‘
‘राष्ट्र र राष्ट्रियतालाई सधैंभरी संमान गर्नेछु । ‘
‘अन्तराष्ट्र और अन्तराष्ट्रियको सदासर्वदा संमान करुंगा ! ‘
‘अन्तराष्ट्र हैन, राष्ट्र र राट्रियतालाई संमान गर्नेछु । ‘
‘राष्ट्र और राष्ट्रियताको (पिच्च पान थुक्छ) करुंगा ‘
‘थुक्ने हैन, भन्नोस्-सम्मान गर्नेछु । ‘
‘ओही तो,(पिच्च) करुंगा’

‘मातृभूमी नेपाललाई अखण्ड राख्दै ।’
‘पत्रुभूमी नेपालको खण्ड खण्ड करते हुए ! ‘
‘गणतन्त्रलाई संस्थागत बनाउन प्रतिबद्ध रहनेछु । ‘
‘गुंगातन्त्रको संस्थागत करानेमें प्रतिवद्ध रहुंगा ! ‘
‘देश र जनताप्रति पूर्ण वफादार रहंदै ।’
‘विदेश और धन्दाके प्रति वफादार कुत्ते कि तरह ! ‘
‘सधैंभरी काम गर्नेछु ।’
‘हिसाब मिलनेतक काम करुंगा ! ‘
‘गणतन्त्र नेपालको अन्तरिम संबिधान २०६५लाई शिरोपर राख्दै ।’
‘अन्तरिम संबिधानको जिरोपर रखतेहुए ! ‘
‘मुलुक र जनताको सोझो चिताई । ‘
‘मूलुक और जनताको चिता बनाते हुए ! ‘
‘कसैको डर नमानी । ‘
किसीका डर नमानते हुए ‘
‘उच्च नैतिकताका साथ ।’
‘उच्चःअ नैतिकताके साथ ! ‘
‘पूर्ण इमान्दार हुँदै ।’
‘पूर्ण इमान्दार रहते हुए । ‘
‘काम गर्नेछु ।’
‘खाक काम करुंगा ! ! ! ‘
‘प्रचलित नियम कानुनको अधिनमा रही ।’
‘पराधिनके कानुनके अधिनमें रहते हुए ! ! ‘
‘कसैलाई पक्षपात नगरी ।’
‘किसी पक्षको भि झारपात नकरते हुए !’
‘पूर्ण रुपमा जिम्मेवार भएर काम गर्नेछु । ‘
‘पूर्ण रुपमें वारपारका काम करता रहुंगा ! ‘
‘राष्ट्रविरोधीहरुको विरोध गर्दै ।’
‘राष्ट्र विरोधीको विरोध करनेवालेंको विरोध करते हुए !’
‘मातृभूमिप्रति प्रतिबद्ध रहनेछु । ‘
‘पितृभूमिके प्रति योजनाबद्ध रहता हुँ ! ‘
‘मनमा कसैप्रति कुभलो चिताउने छैन ।’
‘चाहे मनमें जो भि हो, मुह से नही निकालुंगा । ‘
‘कसैप्रति पूर्वाग्रह नराखी कर्तब्य पालन गर्नेछु ।’
‘पूर्वाग्रह नरखते हुए सिर्फदक्षिणग्रहके कर्तब्य पालन करुंगा !’
‘अन्त्यमा, मलाई उपराष्ट्रपती बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ।’
‘अन्त्यमें, चरेसको चिनी बनानेवाले तारे,माले,झाले और सालेको सुक्रिया अदा करता हुं !’
‘जय देश ।’
‘जय मधेश ! ‘
‘जय देश-जय जनता । ‘
‘जय मधेश-उत्तर प्रदेश ! ! ‘










Gajab VP




हवनकलीः आजको हाम्रो पाहुना हुनुहुन्छ, प्रथम उपराष्ट्रखति महामहिम फोरमानन्द झा ।
फोरमान्द झाः सुक्रिया ।
हवनकलीः हिन्दीमा सपथ लिएको भनेर जनता तपाईसँग आक्रोसित छन् नि ?
फोरमानन्द झाः तो क्या हुवा ? जनताले थोडै उप-राष्ट्रपति बनाएको हो। जसले बनाएको हो, उसको तो खुस किया हि हे ना ।
हवनकलीः चरेसकाण्डका तस्करहरुलाई घुस खाएर छुटाउनु भएको थियो रे नि ?
फोरमानन्द झा-गांजा, चरेस जो हे भगवान शिवका प्रसाद हे । और इस प्रसादको कारोवार करनेवालाको छुटाकर मैले तो धर्मका रक्षा किया है । इसिलिए तो मैने यह राष्ट्रपति-उप पाया हुं ।
हवनकली - आफ्नो मातृभाषा मैथिलीमा सपथ लिएको भए पनि त हुन्थ्यो क्यारे ! मातृभाषा आउन्न र ?फोरमानन्दः मातृ,पितृ,शत्रु और पत्रु -सब आउँछ । लेकिन कुरो के छ कि………..
हवनकली -तपाईँ त दौरा सुरुवालको विरोधी हो भन्ने आरोप लाइच्छन् क्यारे, हो र ?फोरमानन्द झा-ना ना ना । लेकिन हमको बहुत गरम होता है, दौरा सुरुवाल मे हवा आने जाने कि भेन्टिलेसन नही होता है न ।




Thursday, February 19, 2009

Kathortha ko parakasta

कठै, यो गैँडा त मरेछ !

पापीहरुले जिउँदै सिङ्ग काटेर घाइते बनाई छाडेको यो पोथी गैँडा अब यो संसारमा छैन। चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सकहरुले यसलाई बचाउन उपचार सुरु गरिसकेका थिए। तर उपचार कै क्रममा हिजो यसको मृत्यु भएछ। मान्छेको जस्तो व्यवहार हुँदो हो त चितवनमा बाँकी रहेका चार सय गैँडाले दोषीमाथि कारबाहीको माग गर्दै जुलुस निकाल्थे होलान्। टायर जलाउँथे होलान्, अनि पहिलो गैँडा शहीद घोषणा गरी दस लाख रुपैयाँ क्षतिपूर्तिको माग गर्थे होलान्। तर गैँडाहरु मान्छे जस्ता ‘असभ्य’ छैनन्। उनीहरु चुपचाप छन्। संभवतः आँसु लुकाइ आफ्ना एक साथीको मृत्युप्रति शोक मनाउँदैछन्।

निकुञ्जका अधिकारीहरुले गैँडाको कानमुनि गोली लागेको देखिएकोले बेहोस पारेर सिङ्ग झिकेर लगेको बताएका छन्। कानमुनि हानिएको त्यो गोली घाँटीमा गएर अडकिएको थियो।
गैँडा मार्ने पापीहरुलाई अहिलेसम्म पक्राउ गर्न सकिएको छैन। निकुञ्जले सुराकीबाट अपराधी पत्ता लागिसकेको र पक्रन मात्र बाँकी रहेको बताएको छ रे।


निकुञ्ज नजिकैका सौराहाका बासिन्दाले घाइते गैँडा खोज्न वास्ता नगरेको भन्दै निकुञ्जको कार्यालयमा केही अघि तालाबन्दी समेत गरेका थिए।
गत वर्ष गैँडा गणना गर्दा चार सय आठ वटा गैँडा रहेका थिए। ती मध्ये सात वटालाई पापी शिकारीहरुले मारेका छन्।



Thursday, February 5, 2009

Say ur soul

True Friend
Now when this poetry bug has already hit me this is my second creation and this one is dedicated to my best friend on her b'day

I was blind so i couldnt see
and when got the eyes
it was dark already
thats our life
or atleast it seems to be with jealousy all around
all you care for is
the one who cares for you
the one who follows you
from your foot prints on sand
the one you may call whatever
for me that is the true friend

the one you can trust
will raise your soul
when you are down
and you have lost your goal
the one whose always there
with the helping hand
and the heart to walk with you
is you true friend

i remember the day
when we shared
our secrets ..the secrets nobody ever cared
to listen to
to get them out of you...
but like leaves have to leave
the tree to make it free
we sailed our way
to be apart and
a part of moving train
that goes diffrent way
that should have been an end
but those who continue from this
are called true friends

Tuesday, February 3, 2009

आफै बुज्नुस ...


लाग्छ ठुलो अस्तित्व बनाइसकें,अस्तित्व शब्द भुलेर
लाग्छ गौरवशाली देश बनाइसाकें,गौरव शब्द भुलेर
त्यसैले मलाई बादर भन,म बादर सुन्न चाहन्छू
बादर भनी आदर गर ,म आदर पाउन चाहन्छु

जाबो नरिवल नभएर के भो,मसँग छ देशको कमान
जाबो पुच्छर नहुदा नभन्नु बादर,हाम्रो अपमान
त्यसैले मलाई बादर भन .......

घर त आफ्नो बनाउछु ,अरुको पो भ्त्कौउछु
बाहिराकालाई मनाउछु ,आफ्नैलाई पो सताउछु
त्यसैले मलाई बादर भन .......

रुख छोडें त के भो ,महलमा जमन जानेकोछू
दुःख भूलें त के भो ,हजार मुख पालेकोछू
त्यसैले मलाई बादर भन ......

चिथोर्न्न छोडें त के भो ,निचोर्न्न जानेकोछू
त्यों रातो नभएर के भो ,गाला त रातो पारेकोछू
त्यसैले मलाई बादर भन .....

चार खुट्टा छोडें त के भो ,दुई हात जोड़न राखेको छू
क्येरा छ्दौना भूले पनी देश छादौना जानेको छू
त्यसैले मलाई बादर भन ......

रेबीज़ सार्र्ण छोडें ,भ्रस्ताचार सारेकोछू
जुम्रा मार्न छोडें जनता मार्न थालेको छु
त्यसैले मलाई बादर भन , म बादर सुन्न चाहन्छू
बादर भनी आदर गर,म आदर पाउन चाहन्छू .......