Friday, September 25, 2009

Khukuri ----no entry


माधव नेपाललाई खुकुरी लान दिएनन् ओबामाका अंगरक्षकले

प्रधानमन्त्री माधवकुमार नेपाललाई अमेरिकी राष्ट्रपति बाराक ओबामाका अंगरक्षकहरुले खोजतलास गर्दा गोर्खाली खुकुरी भेटिएपछि त्यसलाई लान अनुमति दिएनछन्। अमेरिकी राष्ट्रपतिको सुरक्षाका लागि अलग्गै सुरक्षा दस्ता सिक्रेट सर्भिस खट्ने गर्छ। बिहीबार राष्ट्रसंघीय शान्ति सेनामा उल्लेखनीय योगदान गर्ने राष्ट्रका प्रमुखहरुलाई भेट्ने क्रममा हाम्रा प्रधानमन्त्रीलाई खुकुरी लाने अनुमति उनीहरुले नदिएका हुन्।

नेपालले त्यो खुकुरी खराब नियतले लान लागेका भने थिएनन् है। उनले त नेपालको एउटा चिनो ओबामालाई दिउँला भनी खुकुरी बोकेका रहेछन्। त्यो खुकुरीले नेपालको शान्तिप्रतिको प्रतिवद्धता झल्काउने धोको थियो रे उनको।

खुकरी र माधव नेपालको यो रमाइलो प्रसंग ह्वाइट हाउसको ब्लगमा सामन्था पावरले लेखेकी हुन्। उनी Senior Director for Mulilateral Affairs हुन्।

No comments:

Post a Comment